Section 103
परिषद्को काम, कर्तव्य र अधिकार
(१) परिषद्को काम, कर्तव्य र अधिकार देहाय बमोजिम
हुनेछः–
(क) श्रम नीति सम्बन्धमा नेपाल सरकारलाई राय सुझाव प्रदान गर्ने,
(ख) श्रम सम्बन्धी कानूनलाई समसामयिक रुपमा सुधार गर्न नेपाल
सरकारलाई आवश्यक राय सुझाव दिने,
(ग) नेपाल पक्ष भएका श्रम सम्बन्धी अन्तरराष्ट्रिय महासन्धिहरुको अनुमोदन
तथा कार्यान्वयन सम्बन्धमा नेपाल सरकारलाई सुझाव दिने,
(घ) नेपाल पक्ष भएको श्रम सम्बन्धी अन्तरराष्ट्रिय महासन्धिका सम्बन्धमा
नेपाल सरकारलेपेश गर्नुपर्ने प्रतिवेदनका सम्बन्धमा राय सुझाव दिने,
(ङ) व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी मापदण्ड तयार गरी नेपाल
सरकारलाई सिफारिस गर्ने,
(च) उचित श्रम अभ्यास सम्बन्धी संहिता तयार गरी नेपाल सरकारलाई
सिफारिस गर्ने,
(छ) व्यावसायिक तालिम तथा शिल्प प्रशिक्षण (एप्रेन्टिस) तालिम सम्बन्धी
नीति निर्धारण गर्न नेपाल सरकारलाई राय सल्लाह प्रदान गर्ने,
(ज) औद्योगिक शान्ति तथा असल औद्योगिक सम्बन्ध कायम गर्न र श्रम
विवाद न्यूनीकरण गर्न नेपाल सरकार, रोजगारदाता तथा ट्रेड
युनियनसँग आवश्यक समन्वय गर्ने,
(ञ) रोजगारी तथा उत्पादकत्व वृद्धि गर्न नेपाल सरकार, रोजगारदाता तथा
ट्रेड युनियनसँग आवश्यक समन्वय गर्ने,
(ट) आवश्यकता अनुसार सामूहिक सौदाबाजी सम्बन्धी निर्देशिका बनाई
जारी गर्ने,
(ठ) तोकिए बमोजिमका अन्य कार्य गर्ने ।
(२) परिषद्ले आफनो कार्य सम्पादन गर्न आवश्यकता अनुसार समिति वा कार्यदल गठन
गर्न सक्नेछ ।
(३) उपदफा (२) बमोजिम गठन भएको समिति वा कार्यदलको काम, कर्तव्य र अधिकार
त्यस्तो समिति गठन गर्दाका बखत परिषद्ले तोकिदिए बमोजिम हुनेछ ।
(४) परिषद्को सचिवालय मन्त्रालयमा रहनेछ ।